Kathmandu Press

इटाली नेसन्स लिगको क्वाटरफाइनलमा

नेपाली समय अनुसार शुक्रबार विहान सकिएको लिगवान ग्रुप २ को खेलमा इटालीले बेल्जियममाथि १–० गोलको जीत दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
इटाली नेसन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं, कात्तिक ३० : इटाली युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपाली समय अनुसार शुक्रबार विहान सकिएको लिगवान ग्रुप २ को खेलमा इटालीले बेल्जियममाथि १–० गोलको जीत दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

Hardik ivf

खेलको ११ औं मिनेटमा इटालीले निर्णायक गोल गरेको थियो । उसका लागि सान्ड्रो टोनालीले गोल गर्दै क्वाटरफाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । टोनालीको पहिलो अन्तर्राष्ट्रिय गोल पनि रहेको छ ।

खेलको सुरुमै जियोभानीडिलोरेन्जो र निकोलो बारेलाको तालमेलमा बेल्जियमको डिफेन्स कमजोर बन्दा टोनालीले राष्ट्रिय टिमका लागि पहिलो गोल गर्न सफल भएका थिए । युईएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक रहेको छ ।

बेल्जियमले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि इटालीका गोलकिपर जियान लुइजीडोना रुम्माले विफल बनाएका थिए ।  यही समूहमा रहेको फ्रान्स र इजरायलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीसँगै फ्रान्स पनि १० अंकका साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब अन्तिम खेलमा फ्रान्स र इटाली आमने सामने हुने छन् । उक्त खेलको नतिजाले क्वाटरफाइनल पुग्ने दुवै टिमलाई बाधा पर्ने छैन । 
 

प्रकाशित मिति: ०८:४३ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्