Kathmandu Press

फिफा विश्वकपमा विश्वविजेता अर्जेन्टिना पराजित, ब्राजिल बराबरीमा रोकियो 

अर्जेन्टिनाले अग्रता लिए पनि घरेलु टोली पाराग्वेले दुई गोल फर्काएको हो। ११ मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। तर पाराग्वेका लागि सानाब्रियसले १९ र एल्डिरेटले ४७ मिनेटमा गोल गरे।
फिफा विश्वकपमा विश्वविजेता अर्जेन्टिना पराजित, ब्राजिल बराबरीमा रोकियो 

काठमाडौं, कात्तिक ३० : फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना पराजित भएको छ । अर्जेन्टिनालाई शुक्रबार बिहान सकिएको खेलमा पाराग्वेले २-१ गोलले पराजित गरेको हो।

अर्जेन्टिनाले अग्रता लिए पनि घरेलु टोली पाराग्वेले दुई गोल फर्काएको हो। ११ मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। तर पाराग्वेका लागि सानाब्रियसले १९ र एल्डिरेटले ४७ मिनेटमा गोल गरे।

Hardik ivf

ब्राजिललाई भने भेनेजुएलाले एकएक गोलको बराबरीमा रोकेको छ । राफिन्हाले ४३ मिनेटमा ब्राजिलका लागि गोल गरेका थिए। तर भेनेजुएलाका गोभीयाले सेगोभियाले ४६ मिनेटमा बराबरी गोल फर्काए।

हारपछि पनि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ। अर्जेन्टिनाको ११ खेलबाट २२ अङ्क छ। दोस्रो स्थानको कोलम्बियाको १० खेलबाट १९ अंक छ भने तेस्रो स्थानको ब्राजिलको ११ खेलबाट १७ अङ्क छ। पाराग्वे १६ अङ्क सहित छैटौँ र भेनेजुएला १२ अंक सहित सातौं स्थानमा छन्।

प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्