Kathmandu Press

सुनको मूल्य २२ सय रूपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको हो।
सुनको मूल्य २२ सय रूपैयाँ घट्यो

काठमाडौं, कात्तिक २९ : नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको हो।

Hardik ivf

सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्