धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो
सरकारले सर्टलिस्टमा रहेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको हो।
काठमाडौं, कात्तिक २९ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष तीन उम्मेदवारलाई सरकारले फेरि अन्तर्वार्तामा बोलाएको छ।
सरकारले आज सार्वजनिक सूचना प्रकाशित गर्दै अध्यक्षका तीन उम्मेदवारलाई मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बालाएको छ। सरकारले सर्टलिस्टमा रहेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको हो।
यसअघि असोज १८ गते अन्तर्वार्ताको मिति तय भएपनि सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो।
सर्टलिस्टमा परेका पाँचमध्ये २ जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति दिइसकेका छन्। जसमा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ छन्।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ।
प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(20)-1765017435.jpeg)






-1764753058.png)
-1764751301.jpg)
