शतक हान्दै पुजाले बनाइन् कीर्तिमान, कुवेतलाई २१४ रनको लक्ष्य
कुवेतविरुद्ध पुजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १३० रन बनाइन्। यो यू–१९ महिला टि–२० विश्वकप छनोटको पहिलो शतक हो।काठमाडाैं, कात्तिक २७ : युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालकी कप्तानले पूजा महतोले शतक प्रहार गरेकी छिन्।
उनले जारी खेलमा कुवेतविरुद्ध शतक प्रहार गरेकी हुन्। योसँगै उनले कीर्तिमान पनि आफ्नो नाममा लेखाइन्।
कुवेतविरुद्ध पुजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १३० रन बनाइन्। यो यू–१९ महिला टि–२० विश्वकप छनोटको पहिलो शतक हो।
यो स्कोर नेपाली महिला क्रिकेटरले बनाएको सर्वाधिक स्कोर हो भने नेपाली महिला क्रिकेटरको दोस्रो शतक हो।
पुजाको कीर्तिमानीसँगै नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा २१३ रन बनायो ।
यस्तै, सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।
प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामाथि काठमाडौंका फराकिलो जित, प्लेअफ पुग्न काठमाडौं केही सहज, पोखरा अप्ठ्यारोमाशनिबार, मंसिर २९, २०८१
रेइफरको उत्कृष्ट ब्याटिङ, पोखराले काठमाडौंलाई दियो १३९ रनको चुनौतीपूर्ण लक्ष्यशनिबार, मंसिर २९, २०८१
एनपिएलमा लुम्बिनी लायन्स : रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथशुक्रबार, मंसिर २८, २०८१
बासिरको अलराउन्ड प्रदर्शनमा विराटनगरको जित, प्लेअफ सम्भावना कायमैशुक्रबार, मंसिर २८, २०८१