Kathmandu Press

साम्बा फ्रान्स प्रस्थान

अघिल्लो सातामा मात्र महिला साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी साम्बा बिहीबार बिहान फ्रान्स प्रस्थान गरेकी हुन्।
साम्बा फ्रान्स प्रस्थान

काठमाडौं, कात्तिक १५ : नेपाली स्टार महिला फुटबल खेलाडी सावित्रा भणडारी व्यवसायिक फुटबल खेल्न फ्रान्स प्रस्थान गरेकी छिन्।

अघिल्लो सातामा मात्र महिला साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी साम्बा बिहीबार बिहान फ्रान्स प्रस्थान गरेकी हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाल नेपाल बंगलादेकसँग २–१ ले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।

साम्बाले समूह अन्तिम, सेमिफाइनल र फाइलन खेल मात्र खेलेकी थिइन्।

फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी थिइन्।

सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलङ्का र सेमिफाइनलमा भारतविरुद्धको खेलमा समान एक÷एक गोल गरेकी थिइन्।

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, कात्तिक १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्