Kathmandu Press

बारीमा कुहिँदै तरकारी

सुनसरी वैशाख ५ : सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र  १० कठ्ठामा बन्दागोभी खेती गरेका छन....

बारीमा कुहिँदै तरकारी
फाइल फोटो

सुनसरी वैशाख ५ : सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र  १० कठ्ठामा बन्दागोभी खेती गरेका छन्। छिमेकीबाट पाँच प्रतिशत ब्याजमा चार लाख  रुपैयाँ ऋण लिएर उनले खेती गरेका हुन्। आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा पाँच हजार रुपैयाँ मात्र आम्दनी भएको उनको भनाइ छ। 

कोभिड–१९ बाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि  उत्पादित तरकारी खेतबारीमै कुहिन थालेको मेहता बताउँछन्।

इनरुवा–२ कै रामचन्द्र मेहताले पनि तीन लाख रुपैयाँ छिमेकीबाट ऋण लिएर व्यावसायिक तरकारी खेती गरेका छन्। उनको पनि तरकारी बिक्री नभएर खेतमै कुहिन थालेको छ।

उहाँहरु जस्तै सुनसरीका थुप्रै कृषकको समस्या यस्तै छ । तरकारी बिक्रीवितरणका लागि थोक हाटबजार नलागेको, सानासाना बजारसमेत बन्द भएको र तरकारी लिएर घर बाहिर निस्कँदा प्रहरीले  धरपकड गर्ने गरेका कारण झन् तनाव भएको कृषकको गुनासो छ।

लकडाउनका बेला सरकारले बिहान र बेलुका गरेर कम्तीमा दुई घण्टाका दरले थोकमा उत्पादित तरकारीको बिक्रीवितरण गर्ने वातावरण बनाइदिनुपर्ने उनीहरुको माग छ। जिल्लामा वार्षिक रुपमा  एक हजार दुई  सय बिघामा तरकारी खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताए। कृषकलाई भीडभाड नगरी एउटाएउटा गरेर गाडीमा राखी बिक्रीवितरण गर्नका लागि छुट दिइएको प्रदेश नं १, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालया  प्रवक्ता डा राजेन्द्र उप्रेतीले बताए।

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, वैशाख ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्