Kathmandu Press

साफ च्याम्पियनसिपमा फेरि चुक्यो नेपाल

बुधबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २-१ले पारजित भएपछि नेपाल पुनः एक पटक उपाधिबाट वञ्चित भएको हो।
साफ च्याम्पियनसिपमा फेरि चुक्यो नेपाल

काठमाडाैं, कात्तिक १४ : नेपाल पुनः महिला साफ च्याम्पियनसिपको उपाधि जित्नबाट बञ्चित भएको छ। बुधबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २-१ले पारजित भएपछि नेपाल पुनः एक पटक उपाधिबाट वञ्चित भएको हो।

नेपाल लागतार दोस्रो पटक घरेलु मैदानमा बंगलादेशसँग पराजित हुँदै उपाधिबाट वञ्चित भएको हो। त्यसअघि ४ पटक नेपापल फाइलनमा भारतसँग पराजित भएको थियो।

बुधबार राति भएको फाइनलमा बंगलादेशलाई जित दिलाउन बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरे भने नेपालको लागि अमिशा कार्कीले गोल गरेका थिए।

खेलको पहिलाे हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५० औं मिनेटमा नै बंगलादेशले अग्रता लियो। उसका लागि मोनिकाले गोल गरेकी थिइन्।

५६ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो। बंगलादेशको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अमिषाले गोल गरिन्।

८२औं मिनेटमा बंगलादेशले पुनः अग्रता लियो। ऋतुले गोल गरेकी थिइन्। त्यसपछि भने गोल नुहँदा नेपाल प्रतियोगिताका ७ संस्करण मध्ये ६ संस्करणको फाइनल खेल्दा पनि उपाधिबाट वञ्चित भयो।

बंगलादेशले भने लागतार दोस्रो पटक उपाधि जितेको हो।

प्रकाशित मिति: २०:४६ बजे, बुधबार, कात्तिक १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्