Kathmandu Press

सुनको मूल्य निरन्तर उकालोतिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ। सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो। 
सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौं, कात्तिक १३ : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ। स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ। सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो। 

यसैगरी,चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर दुई हजार पाँच कायम भएको महासंघले जनाएको छ। सोमबार एक तोला चाँदी दुई हजार ६५ मा खरिदबिक्री भएको थियो। 

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, कात्तिक १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्