किसानलाई तिहारअघि धान भित्र्याउने चटारो [फोटो फिचर]
दसैं सकिएसँगै किसानहरूलाई धान भित्र्याउन भ्याइनभ्याइ छ। देशभरका किसानहरू यतिबेला धान काट्न र चुट्न फाँट-फाँटमा व्यस्त छन्।![किसानलाई तिहारअघि धान भित्र्याउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/ccc-1730185465.jpg)
काठमाडौं, कात्तिक १३ : दसैं सकिएसँगै किसानहरूलाई धान भित्र्याउन भ्याइनभ्याइ छ। देशभरका किसानहरू यतिबेला धान काट्न र चुट्न फाँट-फाँटमा व्यस्त छन्।
वर्षायाममा रोपेको धानबाली यतिबेला पाकेर फाँटहरू पहेँलपुर देखिएका छन्। पाकेका धान काट्न र काटेका धान चुट्न किसानहरूलाई चटारो छ।
ललितपुरको विभिन्न स्थानहरूमा किसानहरू धानबाली भित्र्याउन व्यस्त देखिन्थे।
सडकको पहुँच विस्तार हुँदा अचेल थ्रेसर मेसिन गाउँगाउँ पनि पुगेको छ। यसले ढुंगा लगाएर धान चुट्ने परम्परागत तौरतरिकालाई विस्तारै विस्थापित गर्दै छ।
तस्बिरहरूः
प्रकाशित मिति: १२:०० बजे, मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार