Kathmandu Press

विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने

सहुलियनपूर्ण ऋण प्रदान गर्ने सम्वन्धी सम्झौता बिहीबार भएको छ। सम्झौता पत्रमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 
विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने

काठमाडौं, कात्तिक ८ : नेपाललाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने भएको छ। 

सहुलियनपूर्ण ऋण प्रदान गर्ने सम्वन्धी सम्झौता बिहीबार भएको छ। सम्झौता पत्रमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

अमेरिकास्थित विश्वबैंक कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपस्थिति थिए। उनी विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा छन्। 

बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ। 

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, कात्तिक ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्