Kathmandu Press

माल्दिभ्सको पोस्टमा नेपालको गोलको वर्षा, रेखाको ५ र प्रीतिको ह्याट्रिक

नेपाललाई सानदार जित दिलाउने क्रममा रेखा पौडेल एक्लैले ५ गोल गरिन् भने प्रीति राईले पनि ह्याट्रिक गरिन्।
माल्दिभ्सको पोस्टमा नेपालको गोलको वर्षा, रेखाको ५ र प्रीतिको ह्याट्रिक

काठमाडाैं, कात्तिक ५ : घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनपिसपमा नेपालले सानदार जित निकालेको छ। सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ११–०को सानदार जित निकाल्यो।

नेपाललाई सानदार जित दिलाउने क्रममा रेखा पौडेल एक्लैले ५ गोल गरिन् भने प्रीति राईले पनि ह्याट्रिक गरिन्। यस्तै, सविता रानामगर, अनिता केसी र अमिसा कार्कीले पनि गोल गरे। पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

Hardik ivf

खेलको सुरुवातदेखि नै हावी भएको नेपालले छैटौं मिनेटमा प्रीतिको गोलमा अग्रता लियो। २९औं मिनेटमा सविताले बक्स बाहिरबाट सुन्दर गोल गर्दै टिमको अग्रता दोब्बर पारिन्। त्यसपछि रेखाले ३२ औं र ४२ औं मिनेटमा गोल गरेपछि नेपालले पहिलो हाफमा ४–०को अग्रता लियो।

पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हाफमा ६ गोल गरेको थियो। ४८ औं मिनेटमा रेखाले गोल गर्दै जारी प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरिन्। यो नेपाली खेलाडीको सन् २०१६ पछिको पहिलो ह्याट्रिक पनि हो। त्यसबेला सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन्।

त्यसपछि रेखाले नै ६३ औं गोल गर्दै नेपाललाई ६–०को अवस्थामा ल्याइन्। ६५औं मिनेटमा प्रीतिले गोल गर्दै टिमलाई ६–०को अवस्थामा ल्याइन्। ६८औं मिनेटमा अनिता केसी गोल गरिन् भने ७८औं रेखाले टिमका लागि नवौं व्यक्तिगत पाँचौं गोल गरिन्। 

८७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै प्रीतिले पनि ह्याट्रिक पूरा गरिन्। यस्तै, अमिशा कार्कीले ८८औं मिनेटमा गोल गरेपछि नेपाल ११–०को फराकिलो अन्तरले विजयी भयो।

यो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ। नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा भुटानसँग रोकिएको नेपालको ४ अंक छ। ४ अंक नै जोडेको भुटान दोस्रो स्थानमा छ। ३ अंकसहित श्रीलंका तेस्रो र माल्दिभ्स अंकबिहीन छ।

अब समूहको अन्तिम खेलमा नेपालले श्रीलंका र माल्दिभ्सले भुटानसँग खेल्नेछ।

प्रकाशित मिति: २०:४९ बजे, सोमबार, कात्तिक ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्