Kathmandu Press

मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेट

मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। 
मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेट

मोरङ, कात्तिक ५ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीबीच  शिष्टाचार भेट भएको छ। 

मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। 

Hardik ivf

दुईबीच स्विस सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूमा हालसम्म भएको प्रगति र आगामी सहकार्य, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष–२०८२ का विषयमा समेत छलफल भएको छ।

भेटवार्तामा राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्विस सरकार तयार रहेको र साझा हित तथा क्षेत्र मिल्ने परियोजनाहरूमा सहकार्य जारी रहने बताइन्।

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, कात्तिक ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्