सुनको भाउ हालसम्मकै उच्च
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।काठमाडौं, कात्तिक ४ : साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले बढेर २ हजार ७५ रूपैयाँमा कारोवार भइरहेको छ ।
प्रकाशित मिति: ११:२५ बजे, आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको भाडामा ५ हजारसम्म छुट दिनेबिहीबार, मंसिर ६, २०८१
कुखुरामा गम्बोरो रोगको समस्याबिहीबार, मंसिर ६, २०८१
१७ प्रतिशतले बढ्याे राजस्व संकलनबिहीबार, मंसिर ६, २०८१
सेयर बजारमा गिरावट, नेप्से ३१ अंकले घट्योबिहीबार, मंसिर ६, २०८१