झुम्का नहरमा एक जना मृत भेटिए
अन्दाजी ४०/४२ वर्षको पुरुषको शव नहरले बगाउँदै लाएको अवस्थामा भेटिएको छ।
सुनसरी, कात्तिक ३ : सुनसरीको झुम्कास्थित सुनसरी मोरङ सिंचाईं आयोजनाको नहरमा एक जना मृत भेटिएका छन्।
अन्दाजी ४०/४२ वर्षको पुरुषको शव नहरले बगाउँदै लाएको अवस्थामा भेटिएको छ। मानिसले सोतो सेन्डो, हाफ पाइन्ट लगाएका थिए।

बिहान नै मानिस नहरले बगाउँदै ल्याएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय पकलीबाट आएको प्रहरीको टोलीले केन्द्रिय कारागार झुम्का नजिकैबाट शव निकालेको थियो।
शव पहिचानको कार्य भइरहेको र अब पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।


प्रकाशित मिति: ०८:४० बजे, शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

