Kathmandu Press

सन्दीपलाई अमेरिकाले दियो भीसा, आजै अमेरिका जाने

अमेरिका हुने सिरिज खेल्न सन्दीप आजै बेलुका त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
सन्दीपलाई अमेरिकाले दियो भीसा, आजै अमेरिका जाने

काठमाडौं, कात्तिक २ : नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीसा दिएको छ।

सन्दीपलाई लामो प्रयासपछि अमेरिकाले भीसा दिएको हो। योसँगै उनले आइसिसी विश्वकप क्रिकेट लिग २ को सिरिज खेल्ने भएका छन्।

अमेरिका हुने सिरिज खेल्न सन्दीप आजै बेलुका त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

अमेरिकाले भीसा नदिँदा सन्दीपले यसैवर्ष भएको टि २० विश्वकपका आधा खेल गुमाएका थिए। अमेरिकाको भीसा नहुँदा सन्दीप क्यानडामा लिग २को दोस्रो सिरिज खेलेर नेपाल फर्किएको थियो।

त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम भने अहिले अमेरिकामा छन्। अहिले नेपाली टिमले त्यहाँ अमेरिकासँग टि २० सिरिज खेलिरहेको छ।

अमेरिकामा नेपालले अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले कात्तिक ११ गते अमेरिकासँग पहिलो खेल खेल्ने छ। यस्तै, १३ गते स्कटल्यान्ड, १७ गते अमेरिका र १९ गते पुनः स्कटल्यान्डसँग खेल्ने तालिका छ।

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, कात्तिक २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्