Kathmandu Press

आर्थिक अनियमिततामा मुछिएपछि मोरङका प्रहरी प्रमुख हेडक्वार्टर तानिए

आर्थिक अनियमिततामा मुछिएपछि मोरङका प्रहरी प्रमुख हेडक्वार्टर तानिए
Hardik ivf

काठमाडौं, कात्तिक २ः आर्थिक अनियमिततामा मुछिएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी हेडक्वार्टर तानिएको छ।

आर्थिक अनियमिततामा मुछिएको उजुरीमा प्रारम्भिक अनुसन्धानपछि प्रहरी प्रधान कार्यालयले कार्कीलाई जिम्मेवारीमुक्त गरेको हो। कार्कीलाई मोरङबाट प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

कार्कीको ठाउँमा अपराध अनुसन्धान विभागका एसपी राजन लिम्बूलाई सरुवा गरिएको छ।

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, कात्तिक २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्