Kathmandu Press

बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

सुनसरी, कात्तिक २ : हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु १५ करोड बराबरको क्षति भएको छ।

धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Hardik ivf

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।

इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ।

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, कात्तिक २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्