सुनको भाउ हालसम्मकै उच्च
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
काठमाडौं, कात्तिक २ : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज ३० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोवार भैइरहेको छ ।
प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
