Kathmandu Press

सुनको मूल्य प्रतितोला ६ सय बढ्यो

छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ६२ हजार चार सय निर्धारण भएको छ।
सुनको मूल्य प्रतितोला ६ सय बढ्यो

काठमाडौं, कात्तिक १ : स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ६२ हजार चार सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्यमा  परिवर्तन भएको छैन। चाँदी आजका लागि भने प्रतितोला एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ।

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, कात्तिक १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्