Kathmandu Press

नेपाली विद्यार्थीसँगै बाहिरियो २८ अर्ब १६ करोड रुपैयाँ

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको तथ्याङ्क अनुसार शिक्षाका लागि नेपाली विद्यार्थीसँगै २८ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको हो।
नेपाली विद्यार्थीसँगै बाहिरियो २८ अर्ब १६ करोड रुपैयाँ

काठमाडौं, असोज २९ : चालु आर्थिक वर्षको पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीबाट २८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको तथ्याङ्क अनुसार शिक्षाका लागि नेपाली विद्यार्थीसँगै २८ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको हो।

अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो।

यस्तै, नेपाल आउने पर्यटकको तुलनामा नेपालबाट विदेश भ्रमणमा जाने नेपालीले धेरे खर्च गरिरहेको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, असोज २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्