Kathmandu Press

दुई महिनामा झण्डै ३ खर्ब रेमिट्यान्स भित्रियाे, वैदेशिक रोजगारीमा जाने पनि बढे

नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिको तुलनामा १८.७ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको छ।
दुई महिनामा झण्डै ३ खर्ब रेमिट्यान्स भित्रियाे, वैदेशिक रोजगारीमा जाने पनि बढे

काठमाडौं, असोज २९ : साउन र भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। यस अवधिमा बैदेशिक रोजगारीमा जानेको संख्यामा पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिको तुलनामा १८.७ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको छ। यस अवधिमा एक अर्ब ९६ करोड अमेरिकी डलर नेपाल भित्रिएको छ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर दुई खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो।

राष्ट्र बैंकका अनुसार दुई महिनाको अवधिमा बैदेशिक रोजगारीमा जानेको संख्यमा पनि बढेको छ।

भदौ महिनाको मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनेको संख्या ७६ हजार चार सय ८५ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार पाँच सय ८३ पुगेको छ।

गत वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४ हजार ४ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३२ हजार चार थियो।

 

प्रकाशित मिति: २०:३७ बजे, मंगलबार, असोज २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्