Kathmandu Press

बाढीपहिरोको क्षति बापत बिमा कम्पनीले साढे सात अर्ब व्यहोर्नुपर्ने

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीमा परेको दाबी अनुसारको प्रारम्भिक विवरण सार्वजनिक गर्दै कम्पनीले साढे सात अर्बको बिमा भुक्तानी गर्नपर्ने अवस्था दर्शाएको हो।
बाढीपहिरोको क्षति बापत बिमा कम्पनीले साढे सात अर्ब व्यहोर्नुपर्ने

काठमाडौं, असोज २९ : असोज दोस्रो साता गएको बाढीपहिरोको क्षति बापत बिमा कम्पनीले साढे सात अर्बको बिमा भुक्तानी गर्नुपर्ने अनुमान गरिएको छ।

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीमा परेको दाबी अनुसारको प्रारम्भिक विवरण सार्वजनिक गर्दै कम्पनीले साढे सात अर्बको बिमा भुक्तानी गर्नपर्ने अवस्था दर्शाएको हो। असोज १० देखि २२ गतेसम्म तीन अर्ब ८१ करोड ७९ लाख रुपैयाँ दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म बिमा कम्पनीले एक हजार ३७५ दाबी गरेका छन्। सो मध्ये ७० वटा दाबीबापत पशुपन्छी, निजी र सार्वजनिक मोटर बिमा, सम्पत्ति बिमा र सामून्द्रिक बिमाअन्तर्गत ७८ लाख ६५ हजार रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ।
 
सबैभन्दा बढी दाबी रकम सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा एक अर्ब ९३ करोड ७८ लाख रुपैयाँ दाबी पर्ने प्राधिकरणको अनुमान छ। त्यसैगरी दोस्रोमा दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४५ करोड रुपैयाँ दाबी पर्ने अनुमान छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी सम्पत्ति बिमालेखमा दुई अर्ब ६५ करोड २३ लाख रुपैयाँ दाबी परेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेखअन्तर्गत ९६ करोड ८१ लाख ६० हजार रुपैयाँ दाबी परेको छ।

प्रकाशित मिति: २०:३० बजे, मंगलबार, असोज २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्