Kathmandu Press

एनसेलले सर्वेक्षण मार्फत सरकारलाई कोरोनाभाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने 

काठमाडौं, वैशाख ४ : एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन  केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुक....

एनसेलले सर्वेक्षण मार्फत सरकारलाई कोरोनाभाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने 

काठमाडौं, वैशाख ४ : एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन  केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउन बुधवारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ ।

यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् । प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ ।

हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सक सँग निःशुल्क परामर्श लिन पनि सकिनेछ । यदि सर्वेक्षणमा भागलिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ । यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ । सर्वेक्षणमा भाग लिनु पुर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने रहेको सुचित पनि गरेको छ । “कोरोनाभाइरस विरुद्धको हाम्रो यो सामुहिक लडाईका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्नहामी प्रतिवद्ध छौं । 

 हाम्रो पुर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहकमा झल्याइएको यो सर्वेक्षणले ग्राहकलाईआफुमा कोरोनाभाइरसको जोखिम भए/नभएको आफै थाहापाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोनाभाइरस संक्रमण रोकथामतथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं ।  यस विपद्को घडीमा हामी सबैले आ–आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ गर्नु पर्दछ र हामीआफ्ना १ करोड ७० लाखभन्दा बढि ग्राहकहरु र साझेदारहरुको सुस्वास्थ्यको लागि हामी प्रतिवद्ध छौं”, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । कोरोनाभाइरस संक्रमणको रोकथामको लागि एनसेलले सरकारकोे कोरोना भाइरस संक्रमण रोकथाम,  नियन्त्रण तथा उपचार कोषमा रु १० करोड योगदान पनि गरिसकेको छ ।

यो सहयोगले कोभिड–१९ रोकथाम, नियन्त्रण तथाउपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ । त्यस्तै एनसेल यस विपद्को समयमा आफ्ना ग्राहकहरुलाई सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत गर्न विभिन्न सेवाहरु जस्तै रिचार्जमा १२० प्रतिशतबोनस, सापटी रकमा वृद्घि, १५ जीबी डेटा प्याक, निःशुल्क ब्यालेन्स ट्रान्सफर लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ०९:०१ बजे, बिहीबार, वैशाख ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्