Kathmandu Press

तस्बिरमा हेर्नुस पचली भैरवकाे जात्रा

वर्षको एक दिन पचली भैरव छोरी कुमारी भेट्न हनुमानढोका आउने जनविश्वास पनि रहिआएको छ।
तस्बिरमा हेर्नुस पचली भैरवकाे जात्रा

काठमाडौ, असोज २३ : पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भएको छ। मंगलबार टेकुस्थित मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो।

हनुमानढोकामा पचली भैरवलाई जीवित देवी कुमारीसँग भेट गराइएको थियो। जनविश्वासअनुसार कुमारी पचली भैरवकी छोरी हुन्। वर्षको एक दिन पचली भैरव छोरी कुमारी भेट्न हनुमानढोका आउने जनविश्वास पनि रहिआएको छ।

हनुमानढोकामा कुमारी र पचली भैरवलाई आमनेसामने राखिएको थियो। त्यहाँ दुवैको आँखा जुधाइएको थियो। त्यसलाई स्थानीय भाषामा ‘दृष्टि चुलाकेगु’ भनिन्छ। त्यसक्रममा पचली भैरवले कुमारीलाई आफूमा निहित शक्ति प्रदान गर्ने जनविश्वास छ।

Hardik ivf

_DSC3539-1728451450.jpg

किंवदन्तीअनुसार चित्लाङ मूल थलो भएका पचली भैरव फर्पिङबाट राज्य सञ्चालन गर्थे। काशीमा गएर स्नान गरेर पचली भैरव काठमाडौंमा रहेकी प्रेमिकालाई भेट्न आउने गरेको कथन छ।

केही वर्ष अघिसम्म पचली भैरवलाई परालले बनाइएको पेचामा राखेर युवाले काँधमा बोकेर नगर परिक्रमा गराउने गरिन्थ्यो।

_DSC3471-1728451447.jpg

तर, काँधमा बोकेर लग्दा पचली भैरवको मूर्ति खस्ने र बिग्रिने हुँदा अहिले भने खटमा राखेर परिक्रमा गराउने गरिएको छ। पहिले मध्यरातमा जात्रा हुने भए पनि यस वर्ष भने कोरोनाका कारण छिट्टै जात्रा सम्पन्न गरिएको हो।

_DSC3457-1728451446.jpg

_DSC2718-1728451384.jpg

_DSC3167-1728451383.jpg

_DSC2213-1728451360.jpg

_DSC2541-1728451363.jpg

_DSC2444-1728451362.jpg

_DSC1929-1728451360.jpg

_DSC3215-1728451402.jpg

_DSC3303-1728451402.jpg

प्रकाशित मिति: ११:१२ बजे, बुधबार, असोज २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्