Kathmandu Press

पेट्रोलियम संस्थाबाट कोरोना रोकथाम कोषलाई १० लाख सहयोग

काठमाडौं, वैशाख ३ : नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले  कोरोना संक्रमण नियन्त्रण, रोकथाम....

पेट्रोलियम संस्थाबाट कोरोना रोकथाम कोषलाई १० लाख सहयोग

काठमाडौं, वैशाख ३ : नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले  कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा पाँचपाँच लाख  रुपैयाँ सहयोग गरेका छन्।

उक्त सहयोग रकम आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको  एशोसिएशनले जनाएको छ। एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले राष्ट्रिय विपत्तिका समयमा नेपाल सरकारलाई सहयोग गर्ने कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै सहयोग गरिएको बताए।
 

प्रकाशित मिति: १८:२५ बजे, बुधबार, वैशाख ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्