Kathmandu Press

अपराजित रहँदै कर्णालीले जित्यो महिला भलिबल लिग

शनिबार त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो।
अपराजित रहँदै कर्णालीले जित्यो महिला भलिबल लिग

काठमाडौं, असोज १९ : पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यास्विसले जितेको छ। कर्णाली सतप्रतिशत नतिजासहित लिग च्याम्पियन बनेको हो।

शनिबार त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो।

खेलमा कर्णालीले पहिलो सेट २५–१७ ले जित्यो भने दोस्रो सेट पनि २५–२० ले जित्यो। 

त्यसपछि ललितपुरले कम्ब्याक ग¥यो। उसले लागतार २ सेट २५–१२ र २५–१८ ले जित्दै खेलालाई २–२को बराबरीमा ल्याएको थियो। तर, पाँचौं सेटमा कर्णाली १५–१३ ले विजयी हुँदै च्याम्पियन बन्यो ।

उपाधिसँगै कर्णालीले ७ लाख रुपैयाँ पाउँदा ललितपुरले ३ लाख रुपैयाँ प्राप्त गरेको छ।

प्रकाशित मिति: २२:२३ बजे, शनिबार, असोज १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्