Kathmandu Press

नेपाल र बंगलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौत

नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो.रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगलेले त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा हस्ताक्षर गरेपछिसँगै अब नेपाललाई बंगलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो।
नेपाल र बंगलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौत

काठमाडौं, असोज १७ : नेपाल र बंगलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो।

नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो.रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगलेले त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा  हस्ताक्षर गरेपछिसँगै अब नेपाललाई बंगलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो।

पछिल्लो सम्झौता अनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ।

नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन भने सकेको थिएन।

नेपाल र बंगलादेशबीच विद्युत् खरिद बिक्रीका लागि करिब एक दशकदेखि प्रयास भइरहेको थियो।

प्रकाशित मिति: २३:४५ बजे, बिहीबार, असोज १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्