Kathmandu Press

भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच विहीबार पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो। 
भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता

काठमाडौं, असोज १७ : भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बनाउन सम्झौता भएको छ। 

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच विहीबार पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो। 

भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुनेछ।

यस्तै, सम्झौता अनुसार नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुनेछ। 

लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ। निगमका अनुसार यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहेको छ।

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, असोज १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्