Kathmandu Press

टिकेन पुँजीबजारको उकालो यात्रा, नेप्से परिसूचक दोहोरो अंकले घट्यो

आज ३१० कम्पनीको एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ बराबरको कारोबार भएको छ ।
टिकेन पुँजीबजारको उकालो यात्रा, नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं, असोज १६ । पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अङ्कले घटेर दुई हजार ५९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो।

आज ३१० कम्पनीको एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ बराबरको कारोबार भएको छ ।

आज वित्त समूहको उपसूचक एक दशमलव ७५ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १.८२ प्रतिशतको गिरावट देखिएको छ ।

बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, जलविद्युत् १.७४, लगानी एक दशमलव ५२ र जीवन बिमा ०.४० प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ७९, लघुवित्त १.१२, म्युचुअल फण्ड ०.४१, व्यापार १.१८ र अन्य समूह ०.०३ प्रतिशतले घटेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको रु २० करोड ७१ लाख ५५ हजार २६७ को शेयर किनबेच भएको छ ।

 कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर सात लाख नौ हजार ८६७ कित्ता किनबेच भएको छ।

प्रकाशित मिति: १९:१२ बजे, बुधबार, असोज १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्