निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुन्छ : अर्थमन्त्री
बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे।
काठमाडौं, असोज १६ : अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका छन्।
बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे।
अर्थमन्त्री पौडेलले दशैं अगाडि नै निर्माण व्यवसायीको भुक्तानी दिने प्रयास गरिरहेको बताए। उननले संसदले पास गरेको बजेटका लागि चिन्ता नगर्न पनि उनले आग्रह गरे।
‘निर्माण व्यवसायीहरुले सम्पन्न गरेको कामको भुक्तानि पाउनुपर्छ भनेर म मन्त्री भएर आएदेखि नै भन्दै आइरहेको छु। त्यसका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउनुपर्छ भनेर जोड दिँदै आएको छ। त्यसका लागि २० अर्ब जति भुक्तानि भएको पनि छ,’ उनले भने, ‘तर यो पनि सत्य हो कि त्यो पैसाबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व पाइसकेको छैन । हामी सम्पन्न भएको कामको भुक्तानिका लागि काम गरिरहेका छौं। केही प्रक्रिया रोकिएको छैन। तपाईंले भुक्तानि पाउनुहुनेछ।’
निर्माण कम्पनीहरुले पाउनुपर्ने रकम धेरै र उक्त शिर्षकमा बजेट कम छुट्याएको कारण भुक्तानिमा समस्या भएको अर्थमन्त्री पौडेलको भनाइ छ। उनले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको कारणले क्षतिबाट बाहिर निकाल्न सबै पक्ष लाग्नुपर्ने बताए।
‘अविरल वर्षापछि आएको बाढी र पहिरोले सार्वजनिक सम्पत्तिदेखि नीजि घर, खेत, जमिन र भौतिक संरचनाहरु बगाएको स्थिति छ। व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन्। निकै ठुलो क्षति चाँही मुलुकले व्यहोर्नुपरेको छ । यस्तो अवस्थामा क्षतिबाट मुलुकलाई बाहिर निकाल्नका लागि नेपाल निर्माण व्यवसायी महासंघको सहयोगको पनि अपेक्षा गर्न चाहान्छु,’ उनले भने।










-1764753058.png)
-1764751301.jpg)
