Kathmandu Press

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने 

गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा दिने प्रतिवेदनमा उल्लेख छ।
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने 

काठमाडौं, असोज १६ : चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ। 

विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो।

Hardik ivf

गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा दिने प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकले गत आर्थिक वर्ष९सन् २०२४०को ३।९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष९सन् २०२६०मा भने ५।५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रतिवेदनले जनाएको छ। 

यो नेपाल सरकारले गरेको आर्थिक वृद्धिको प्रक्षेपण भन्दा कम र गत साता एसियाली विकास बैंक ९एडीबी०ले गरेको भन्दा बढी हो। नेपाल सरकारले यस वर्ष ६ प्रतिशत र एडीबीले ४.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन्।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, असोज १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्