Kathmandu Press

वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

 चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको दुई करोड ६३ लाख ३४ हजार ७९० किलो धान आयात भएको छ।
वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

पर्सा, असोज १५ ।  वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ।

 चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको दुई करोड ६३ लाख ३४ हजार ७९० किलो धान आयात भएको छ।

गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड २९ लाख १० हजारको तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो।

Hardik ivf

गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।

चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ।

 गत आवको सोही अवधिमा रु २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो।

गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो।

चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो ।

गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९.५५ प्रतिशतले घटेको हो।

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्