युवा खेलाडीलाई रोनाल्डोको सहयोग
काठमाडौं, बैशाख ३ : इटालियन क्लब युभेन्ट्स तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युवा खेलाडीहरूलाई सहयोग गरेका छन्। रोनाल्डोले पोर्चुगल युर....

काठमाडौं, बैशाख ३ : इटालियन क्लब युभेन्ट्स तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युवा खेलाडीहरूलाई सहयोग गरेका छन्। रोनाल्डोले पोर्चुगल युरोकपमा छनोट भएपछि प्राप्त बोनसको आधा रकम युवा खेलाडीहरुको सहयोगका लागि पोर्चुगल फुटबल संघलाई दिएका हुन्।
रोनाल्डोसँगै राष्ट्रिय टिमका अन्य सदस्यहरुले पनि युरोकपमा छनोट भएपछि प्राप्त बोनसको आधा रकम फुटबल संघलाई दिने घोषणा गरेका छन्। सहयोग रकम ५ मिलियन युरो भएको संघले जनाएको छ। पोर्चुगल फुटबल संघले देशका एमेच्योर फुटबल क्लबहरूलाई ठूलो सहयोग पुग्ने विश्वास लिएको छ।
रोनाल्डोले यसअघि पनि कोरोना भाइरस पीडितका १ मिलियन युरो सहयोग गरेका थिए। रोनाल्डोले सो सहयोग पोर्चुगलको एक अस्पताललाई सहयोग गरेका थिए। यस्तै, युभेन्टसलाई पनि आफ्नो तलबबाट १० मिनिलियन युरो बराबर सहयोग गरेका थिए।











