Kathmandu Press

महँगो नलिने घोषणा गरे जहाज भाडा चर्को 

आफ्नै प्रतिबद्धता विपरित वायुसेवा कम्पनीले सडक यातायात अवरुद्ध भएको मौकामा महंगो भाडा लिएका हुन्। 
महँगो नलिने घोषणा गरे जहाज भाडा चर्को 

काठमाडौं, असोज १५ : वायुसेवा कम्पनीले बाढी, पहिरो र विपत्तिका बेला महँगो भाडा नलिने घोषणा गरे पनि काठमाडौंबाट बाहिर जाने जहाजको भाडा आफुखुशी लिएको गुनासो यात्रुले गरेका छन्। 

वायुसेवा कम्पनीले अधिकतम् भाडा लिएपछि हवाई यात्रा गर्ने यात्रु मर्कामा परेका हुन्। आफ्नै प्रतिबद्धता विपरित वायुसेवा कम्पनीले सडक यातायात अवरुद्ध भएको मौकामा महंगो भाडा लिएका हुन्। 

काठमाडौंबाट धनगढीका लागि १७ हजार रुपैयाँ टिकट मूल्य रहेको यात्रुको भनाई छ। अधिकतम् मूल्य रहे पनि शुक्रबारसम्म टिकट ‘प्याक’ भइसकेको जनाइएको छ। 

काठमाडौंबाट विराटनगरको हवाइ भाडा ९ हजार ९०३ रुपैयाँ कायम छ। भैरहवाको लागि शुक्रबार हुने उडानका लागि यति एयरलाइन्सले ८ हजार ५५५ रुपैयाँ भाडा तोकेको यात्रुको भनाई छ। 

यस्तै, काठमाडौं–पोखरा बिहीबारको लागि श्री एयरलाइन्सले ५ हजार ९०० रुपैयाँ भाडा लिएको छ । बुद्ध एयरले पनि पोखराका लागि त्यति नै रकम भाडा लिएको छ । उक्त भाडा दर सामान्य अवस्थाको भन्दा उच्च रहेको छ । 

प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्