Kathmandu Press

सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्न लागेको हो। 
सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

काठमाडाैं, असाेज ६ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ। 

बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्न लागेको हो। 

पीडित भनिएकी गौशला २६ले महान्यायाधिवक्ताको कार्यालयमा पुनरावेदन गर्न निवदेन दिएकी थिइन्। उनको निवदेनका बाबजुद महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको हो।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो। त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो।

यसअघि काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएको थियो।

प्रकाशित मिति: १३:४७ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्