भिनिसियस, रोड्रिगो र एम्बाप्पेको गोलमा रियल विजयी
शनिबार राति भएको खेलमा रियल इस्पानियोलमाथि ४–१को जित निकाल्यो।काठमाडाैं, असाेज ६ : स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा रियल इस्पानियोलमाथि ४–१को जित निकाल्यो।
सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। खेलमा भिनिसियस, रोड्रिगो र एम्बाप्पेसँगै कप्तान ड्यानी कार्भाजलले पनि गोल गरे। इस्पानियोलले भने आत्मघाती गोल उपहार पाएको थियो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। रियल मड्रिड लगातार ६ खेलमा पहिलो हाफमा गोल गर्न असफल भएको हो। रियल यो सिजन खेलको ८ मध्ये ७ खेलमा पहिलो हाफमा गोल गर्न असफल छ।
५४औं मिनेटमा आत्मघाती गोलमा इस्पानियोलले अग्रता लियो। इस्पानियोलका खेलाडीको क्रस रोक्ने क्रममा बल गोलकिपर थिवो कोर्टुवाको खुट्टमा लाग्दै पोस्टमा छिरेको थियो। त्यसको ४ मिनेटपछि नै रियलले बराबरी गोल फर्कायो। जुड बेलिङ्घमको क्रस गोलपिकरमा डिफ्लेक्ट हुँँदै आएपछि कार्भजलले ट्यापइनमा रहजै गोल गरेका थिए।
७५औं मिनेटमा रोड्रिगोले टिमको अग्रता दोब्बर बनाए। भिनिसियसले लिएको उत्कृष्ट क्रसलाई ट्यापइनमै रोड्रिगोले गोल गरेका थिए। त्यसको तीन मिनेटपछि नै ७८औं मिनेटमा एम्बाप्पेको पासमा भिनिसियसले उत्कृष्ट फिनिसङ गर्दै रियललाई ३–१को अवस्थामा ल्याए।
युवा स्ट्राइकर एन्ड्रिकलाई इस्पानियोलका डिफेन्डसले फाउल गरेपछि रियलले पेनाल्टी पायो। त्यसमा एम्बाप्पेले सहजै गोल गर्दै टिमलाई ४–१को सहज जित दिलाए। रियलका लाग एम्बाप्पेको यो ८ खेलमा छैठौं खेल हो।
यस्तै, अन्य खेलमा भ्यालेन्सिायाले जिरोनामाथि २–०को जित निकाल्दा ओसासुनाले लस पाल्मसलाई २–१ले हरायो। यस्तै रियल भालाडोलिड र रियल सोसिडाडले भने गोलरहित बराबरी खेले।
ं