Kathmandu Press

देशभरी खुले चाडपर्व लक्षित सुपथ मूल्य पसल, कुन‍-कुन सामानमा कति पाइन्छ छुट ?

चाडवर्पलाई लक्षित गरी  देशभरी झण्डै ७४ स्थानमा सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याइएको मन्त्री भण्डारीले जानकारी दिए। 
देशभरी खुले चाडपर्व लक्षित सुपथ मूल्य पसल, कुन‍-कुन सामानमा कति पाइन्छ छुट ?
फा

काठमाडौं, असोज २। चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ। 

बिहीबार काठमाडौंको थापाथलीस्थि नेपाल खाद्य व्यापार कम्पनीमा सुपथ मूल्य पसलको औपचारिक उद्घाटन भएको हो। त्यससँगै देशैभरी सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले जानकारी दिए। 

चाडवर्पलाई लक्षित गरी  देशभरी झण्डै ७४ स्थानमा सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याइएको मन्त्री भण्डारीले जानकारी दिए।  

सुपथ मूल्य पसलमा अत्यावश्यक खाद्यान्नको हकमा पाँच प्रतिशतभन्दा बढी छुट हुने उनले बताए। 

' सरकारको तर्फबाट प्रदान गरिएको एउटा सहुलियत आम आधाभूत तहका नागरिकहरुले अनुभूत गर्ने गरी सरकारले चाडवर्पलाई लक्षित गरेर सञ्चालन गरेको हो,' उनले भने

काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन्।

अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्‍याइने खाद्य व्यापार कम्पनीले जनाएको छ।

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो  पाँच, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रूपैयाँ छुट पाउनेछन् ।

त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो १० छुट दिइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्