Kathmandu Press

सुनको मूल्य तोलामा आठ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि एक लाख ५५ हजार छ सय निर्धारण भएको छ।
सुनको मूल्य तोलामा आठ सयले घट्यो

काठमाडौं, असोज ३ : उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ। बिहीबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि एक लाख ५५ हजार छ सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ।

प्रकाशित मिति: १२:१० बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्