Kathmandu Press

ओमानविरुद्ध दीपेन्द्र र दुवै कुशल टिममा परेनन्, अर्जुन, आरिफ र अनिललाई मौका

केही समयपछि क्यानडाको किङ सिटीमा हुने खेलमा पहिलो खेलमा टिममा रहेका ओपनर कुशल भुर्तेल र अलरान्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई टिमबाट बाहिर राखिएको छ। 
ओमानविरुद्ध दीपेन्द्र र दुवै कुशल टिममा परेनन्, अर्जुन, आरिफ र अनिललाई मौका

काठमाडौं, असोज २ : क्यानडामा जारी आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले टिममा तीन परिवर्तन गरेको छ। 

केही समयपछि क्यानडाको किङ सिटीमा हुने खेलमा पहिलो खेलमा टिममा रहेका ओपनर कुशल भुर्तेल र अलरान्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई टिमबाट बाहिर राखिएको छ। 

तीनै खेलाडीले क्यानडाविरुद्धको खेलमा ब्याटिङमा खराब प्रदर्शन गरेका थिए। दीपेन्द्रले भने बलिङमा ठिकठाक प्रदर्शन गरेका थिए।

उनीहरुको स्थानमा दुई विकेटकिपर ब्याट्सम्यान अनिल साह र अर्जुन साउँद तथा आरिफ सखेलाई प्लेइङ ११मा राखिएको छ।

खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने छ। ओमानले टस जितेर फिल्डिङको निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो। 

नेपाली टिम ः आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल९कप्तान०, अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

प्रकाशित मिति: २०:४६ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्