Kathmandu Press

विश्वकप लिग–२ क्रिकेट : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा 

यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो । क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ । 
विश्वकप लिग–२ क्रिकेट : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा 
Hardik ivf

काठमाडौं, असोज २ : आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ ।

यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो । क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ । 

ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ । नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्