Kathmandu Press

ट्राभियलिटीले नेपाल भित्रायो एटिक इन होटल्स एण्ड रिजोर्ट्स्, के-के छन् सुविधा ?  

एटिक इन होटल्स एउटा यस्तो ब्राण्ड हो, जसले फ्रेन्चाइज मोडलमा सेन्ट्रल रिजरवेशन सेन्टर (सिआरएस) को माध्यमबाट मझौला साथै सबै प्रकारका होटलहरुको व्यवस्थापन, प्रवर्द्धन र बजार व्यवस्थापन र गुणस्तर अभिवृ‌द्धी गर्ने काम गर्नेछ ।
ट्राभियलिटीले नेपाल भित्रायो एटिक इन होटल्स एण्ड रिजोर्ट्स्, के-के छन् सुविधा ?  

काठमाडौं, असोज २ : ट्राभियलिटी नेपाल प्रा.लि.ले एटिक इन होटल्स एण्ड रिजोर्ट्स् ब्रान्ड नेपाल भित्राएको छ । 

एटिक इन होटल्स एउटा यस्तो ब्राण्ड हो, जसले फ्रेन्चाइज मोडलमा सेन्ट्रल रिजरवेशन सेन्टर (सिआरएस) को माध्यमबाट मझौला साथै सबै प्रकारका होटलहरुको व्यवस्थापन, प्रवर्द्धन र बजार व्यवस्थापन र गुणस्तर अभिवृ‌द्धी गर्ने काम गर्नेछ । ब्राण्डहरुको माध्यमबाट नेपालमा पर्यटनको प्रबर्द्धन मात्रै नभै बैदेशीक लगानी, रोजगारी, प्रविधी भित्रनुका साथै गन्तव्यकै प्रचारप्रसार हुने भएकोले यो महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ । 

तारे स्तरका सबै होटलहरु लगायत टुरिष्ट सेन्टरको व्यवस्थापन गर्ने र बिस्तारै मध्यम वर्गका होटलहरुलाई पनि एटिक इन होटल एण्ड रिजोर्डस ब्राण्डमा ल्याउने र होटलहरुलाई व्यवस्थित गर्ने लक्ष्य रहेको ट्राभियलिटी नेपालले जनाएको छ । काठमाडौंको होटल रायन एण्ड इभेन्ट्समा मंगलबार एक भव्य कार्यक्रममा बीच उक्त ब्राण्डको शुभारम्भ गरियो । 

Hardik ivf

कार्यक्रममा होटल संघ नेपालको अध्यक्ष विनायक शाहले एनआरएनएहरुले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रमोशन गर्नको लागि प्रत्यक्ष योगदान गर्ने गरेको पनि बताए । उनले भने, ‘एनआरएनएहरुले विदेशमा बसेर उल्लेखनिय काम गरेर सफलता हासिल गर्नु भएका व्यक्तित्वहरुको समूह यसमा संलग्न हुनुहुन्छ । हामीले आज सुरु गरेका काममा उहाँहरुको प्रत्यक्ष योगदान रहने छ । यसको साथै उहाँहरुले दिनु भएको प्रवृत्तिको पनि महत्वपूर्ण भूमिका छ । अन्तराष्ट्रिय स्तरमा पनि नेपालको प्रमोशन गर्नको लागि उहाँहरुको प्रत्यक्ष योगदान रहेको छ ।’

एटिक इन होटल्स एण्ड रेसोर्ट्स ब्रान्डले विभिन्न प्रकारका पर्यटकहरूको आवश्यकता पूरा गर्न सहुलीयत दरहरूका सहज मुक्तानीका विकल्पहरू प्रदान गर्नेछ जसमा नेपाली ग्रहाकहरुले नेपालको वित्तिय भुक्तानी प्रणली प्रयोग गरी सेवा सुविधा लिन सक्नेछन् । यसले जेष्ठ नागरिक छुट कपरिट दर सामूहिक त्रुकिङ सेना, प्रहरी र नियमित ग्राहकहरुका लागि सहु‌लियत दरका योजनाहरु प्रस्ताव सर्नेछ, जसले होटलहरूलाई विभिन्न प्रकारका ग्राहकहरूलाई आकर्षित गर्न सक्षम बताउने अपेक्षा गरिएको छ ।

Shom-Sapkota--1726623461.jpg
 

नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्ने उद्देश्यसहित प्रवासमा बसोबास गर्ने नेपालीहरुले आफनो ज्ञान, सिप, तथा लगानीलाई स्वदेशमा उपयोग गर्दै पर्यटन क्षेत्रको माध्यमबाट नेपालको अर्थतन्त्रमा योगदान दिने ध्येयले वैदेशिक लगानी मार्फत ट्राभियालिटी नेपालको स्थापना गरिएको ट्रभियालिटी नेपाल प्रालीका चिफ स्ट्याटेजी अफिसर सोमनाथ सापकोटाले बताए । 

ट्राभियालिटी नेपालले नेपालको हस्पिटालिटी क्षेत्रमा च्यानल म्यानेजर, प्रोपटी म्यानेजमेन्ट सिस्टम, होटलहरुको व्यवस्थापनमा सहजिकरण, तालिम तथा परामर्श उपलव्ध गराउने जस्ता काम नेपालका ३ दर्जन भन्दा बढी होटलहरुमा गरिरहेको सापकोटाले जानकारी दिए । 

ट्राभियालिटी नेपालले नेपालको पर्यटन क्षेत्रको सुधारसँगै होटलहरुको सेवा सुविधा सुधार गरि विद्यमान ३० देखी ४० प्रतिशतको हाराहारीमा रहेको अकुपेन्सी दरलाई सुधार गर्ने उद्देश्य सहित एटिक इन होटल एण्ड रिसोर्ट ब्राण्डको सुरुवात गरेको हो । ब्राण्डहरुको माध्यमबाट नेपालमा पर्यटनको प्रबर्द्धन मात्रै नभै बैदेशीक लगानी, रोजगारी, प्रविधी सित्रिनुका साथै गन्तव्यकै प्रचारप्रनार हुने भएकोले यो महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: ०६:५५ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्