Kathmandu Press

दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन 

चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो। साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्बभन्दा बढी राजस्व संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ।
दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन 

काठमाडौं, असोज १ : सरकारले दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षको दुई महिनामा उक्त रकम संकलन गरेको हो।

सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो। साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्बभन्दा बढी राजस्व संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
 

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, असोज १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्