Kathmandu Press

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सयमा कारोबार भएकाे सुनकाे मूल्य आजका लागि एक लाख ५६ हजार सात सय निर्धारण भएको छ। 
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, असोज १ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा छ सयले घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सयमा कारोबार भएकाे सुनकाे मूल्य आजका लागि एक लाख ५६ हजार सात सय निर्धारण भएको छ। 

यसैगरी, चाँदीको मूल्य तोलामा १० ले घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच निर्धारण भएको छ। 

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, असोज १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्