Kathmandu Press

‘सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ’

अर्थमन्त्री पौडेलले सरकारको अभिभारा सामाजिक सुरक्षाको प्रबवन्धलाई पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा रहेको भन्दै यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्ने बताएका हुन्। 
‘सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ’
फाइल तस्बिर।

काठमाडौं, भदौ ३१ : अर्थमन्त्री विष्णु पौडेलले सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने बताएका छन्। 

कर्मचारी सञ्चय कोषको ६३औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री पौडेलले सरकारको अभिभारा सामाजिक सुरक्षाको प्रबवन्धलाई पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा रहेको भन्दै यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्ने बताएका हुन्। 

‘सरकार अहिले जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको मान्यतामा विश्वास गर्दछ। सरकार सामाजिक सुरक्षाको प्रवन्धलाई आफ्नो अभिभारा ठान्छ,’ उनले भने, ‘यो सामाजिक सुरक्षाका अभिभारा पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा छ । त्यसैले यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्छ।’

उनले सञ्चयकर्ताको सञ्चयको संरक्षण गर्ने, अधिकतम मात्रामा लाभान्वित गर्नका निमित्त सरकारले प्रयास गर्ने बताए। 

प्रकाशित मिति: २१:२४ बजे, सोमबार, भदौ ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्