Kathmandu Press

अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरुले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनविज्ञता जनाएको छ।
अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

काठमाडौं, भदौ ३१ : सोमबार बिहान अधिकांश ब्रोकर कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणालीमा पहुँच पुर्‍याउनका लागि ब्रोकरहरुले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ लगइन हुन नसक्दा समस्या देखिएको हो। यद्यपि, के–कस्तो प्राविधिक कारणले डिएनएमा लगइन हुन सकेन र ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा समस्या देखियो भन्ने अझै खुलेको छैन। 

Hardik ivf

साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरुले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनविज्ञता जनाएको छ।

नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरुको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गरे। 

‘बिहान डिएनए लगइन नहुँदा समस्या देखिएको भन्ने जानकारी नेप्सेमा आएको छ,’ उनले भने, ‘त्यसको केही समयपछि समस्या समाधान भएको र कारोबार पुनः सञ्चालन भएको जानकारी पाएका छौं। यस विषयमा थप जानकारी लिइरहेका छौं।’

ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा समस्या देखिँदा बिहान करिब २५ मिनेट कारोबार प्रभावित थियो। 

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्