Kathmandu Press

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं, भदौ ३० : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ। डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच र पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो। 

भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो। 

निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ। निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ।

प्रकाशित मिति: २१:४४ बजे, आइतबार, भदौ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्