Kathmandu Press

लिग–२को अघि नेपालले अमेरिकासँग टि–२० सिरिज खेल्ने

खेल ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा अक्टोबर १७, १९ र २० हुनेछ।
लिग–२को अघि नेपालले अमेरिकासँग टि–२० सिरिज खेल्ने

काठमाडाैं, भदाै ३० : नेपालले आईसिसी विश्वकप लिग–२को तेस्रो सिरिजअघि अमेरिकासँग टि–२० सिरिज खेल्ने भएको छ।  

खेल ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा अक्टोबर १७, १९ र २० हुनेछ।

अमेरिका नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग–२ त्रिकोणात्मक खेल्ने छ। सो सिरिज पनि ग्राण्ड प्रेरी रंगशालामै हुनेछ।  अक्टोबर २७मा घरेलु टोली अमेरिकासँग खेल्नेछ। दोस्रो खेल स्कटल्यान्डसँग अक्टोबर २९मा खेल्ने तालिका छ।

यस्तै, तेस्रो खेल नोभेम्बर २मा अमेरिकासँग र सिरिजको अन्तिम खेल नेपालले नोभेम्बर ४मा स्कटल्यान्डसँग खेल्ने छ। 

अहिले क्यानडामा रहेको नेपाली टिम त्यहाँ लिग–२ को दोस्रो सिरिज र त्रिकोणात्मक टि–२० सिरिज खेलेर उत्तैबाट अमेरिका जाने कार्यक्रममा छ। 

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्