Kathmandu Press

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

उनले व्यवसायीहरुले  निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए। उनले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुनेगरी नीतिनियम सच्च्याइने प्रतिबद्धता व्यक्त गरे। 
गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह
फाइल तस्बिर।

मोरङ, भदौ २२ : कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले  राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गरेका छन्। 

मोरङ निर्माण व्यवसायी संघको २७ औं साधारण सभाको उद्घाटन गर्दै उनले व्यवसायीहरुले  निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए। उनले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुनेगरी नीतिनियम सच्च्याइने प्रतिबद्धता व्यक्त गरे। 

‘चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ,’ उनले भने। व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरु गम्भीर आर्थिक समस्यामा परेका बताए। उनले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १६:३७ बजे, शनिबार, भदौ २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्