एनसेलले ल्यायो प्रिपेड ग्राहकका लागि न्यु इयर अफर : उधारोमा डाटा र एसएमएस प्याक लिन सकिने
काठमाडौं , चैत्र २९ : एनसेलका प्रिपेड ग्राहकले ब्यालेन्स नभएपछि डाटा र एसएमएस सुविधा लिन सक्ने भएका छन्।
एनसेलले विज्ञप्ती जारी गर्दै नया....

काठमाडौं , चैत्र २९ : एनसेलका प्रिपेड ग्राहकले ब्यालेन्स नभएपछि डाटा र एसएमएस सुविधा लिन सक्ने भएका छन्।
एनसेलले विज्ञप्ती जारी गर्दै नयाँ वर्ष २०७७ को अवसरमा शनिबारदेखि नै ग्राहको सुविधाका लागि नयाँ योजना ल्याएको जनाएको हो।
यो सुविधा अन्तर्गत ग्राहकलेपछि शुल्क तिर्नेगरी डाटा र एसएमएस सेवा खरिद गर्न सक्नेछन्।
कोरोना भाइसरको महामारीका कारण लकडाउनमा बस्नु पर्दा आफ्नो परिवार वा साथीभाइहरुसँग सम्पर्क गर्न र शुभकामना आदान प्रदान गर्न कठिनाइ नहोस भनेर यो योजना ल्याएको एनसेलले जनाएको छ।
कठिन परिस्थितिमा व्यालेन्स रिचार्जमा ग्राहकले कठिनाई भोगिरहेका हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो योजना ल्याएको विज्ञप्तीमा उल्लेख छ। एनसेलले ल्याएको ‘न्यु इयर अफर’ले डाटा र एसएमएसको सेवामा ग्राहकको पहुँच सहज बनाएको छ।
डाटा र एसएमएस सेवा प्याकका रुपमा लिएर तोकिएको शुल्कपछि तिर्न मिल्ने अफर पहिलो हो। यो अफरमा ग्राहकले करसहित २० रुपैयाँमा २५० एमबी डाटा र २५० एसएमएस प्याक चलाउन सक्छन्। ग्राहकले शुन्य ब्यालेन्स भएका बेला पनि लोनमा यो प्याक सुचारु गर्न सक्छन्। यसरी लिएको सुविधा ५ दिनसम्मका लागि मान्य रहन्छ।
एनसेलले आवश्यकताअनुसार एसएमएस सेवा मात्र लिन पाउने व्यवस्था पनि गरेको छ। ग्राहकले करसहित १० रुपैयाँमा २५० वटा एसएमएस रहेको प्याक लिन सक्छन्। यसको म्याद पनि सुरु भएको मितिले ५ दिनसम्म रहन्छ।
यो सेवा लिनका लागि ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आवश्यकताअनुसार डाटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याक मात्र लिन सक्ने एनसेलले जनाएको छ। यो सुविधा कम्तीमा दुई महिना अघिदेखि एनसेलको सिम प्रयोग गरेका र ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकले मात्र पाउनेछन्।
यो सुविधा लिएका ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि लोन वापत लिएको रकममात्र कट्टा हुनेछ। अघिल्लो लोन चुक्ता गरेर यो सुविधा जतिपटक पनि लिन सकिने विज्ञप्तीमा जनाइएको छ।
कोरोनाभाइरस रोगका कारण सामाजिक दुरी कायम गर्नुपर्ने यस्तो बेलामा ग्राहकलाई सहज होस भनेर यो सुविधा ल्याइएको एनसेलले जनाएको छ।










-1754206481.jpg)
